नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ। यस दिन नेप्से १६.२९ अंकले घटेर २,६७२.५९ विन्दुमा पुगेको छ।

बजारसँगै सबै १३ उपसमूहका परिसूचक पनि घटेका छन्। सबैभन्दा बढी गिरावट हाइड्रोपावर उपसमूहमा १.२० प्रतिशत र विकास बैंक उपसमूहमा १.१२ प्रतिशत देखिएको छ।

कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर किनबेच भएको छ। अघिल्लो दिन ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँ बराबरको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर कारोबार भएको थियो।

आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। एभरेष्ट कलरको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ भने कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

लगातार चौथो दिनको गिरावटसँगै बजारमा बिक्री दबाब कायम रहेको देखिएको छ भने कारोबार रकमसमेत क्रमिक रूपमा घट्दै गएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय