शेयर धितो कर्जामा नयाँ व्यवस्था लागू,अब एउटै बैंकबाट १२ करोड सम्म लिन सकिने

काठमाडौं - नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी नयाँ नीति कार्यान्वय गर्न सर्कुलर जारी गरेको छ । 

 सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको हो । 

मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको हो । मौद्रिक नीतिमै आएको प्रावधान अनुसारको व्यवस्था निर्देशनमा पनि गरिएको छ । यस व्यवस्थासँगै लगानीकर्ताले थोरै भए पनि राहत पाउने भएका छन् ।  

यस अघि एउटा बैंकबाट बढीमा ४ करोड र समग्रमा १२ करोड सम्म शेयर धितो राखी ऋण लिन पाउने व्यवस्था थियो । जसका कारणले धेरै झन्झटिलो भएको भन्दै लगानीकर्ताहरुले यसको विरोध गर्दै आएका थिए । 

प्रतिक्रिया