काठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले आज (वैशाख ७) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको यस ऋणपत्रको बिक्री व्यवस्थापन सानिमा क्यापिटलले गरिरहेको छ।
यो सात वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ। प्रत्येक ऋणपत्रको अंकित मूल्य १,००० रुपैयाँ रहेको छ र न्यूनतम २५ कित्ता देखि अधिकतम सम्पूर्ण २५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
बिक्री अवधि वैशाख १० गतेसम्म छिटोमा र वैशाख २१ गतेसम्म ढिलोमा खुला हुनेछ।
कूल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ। बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिनेछ।
सार्वजनिक निष्काशनअन्तर्गत ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।
केयर रेटिङ नेपालले यस ऋणपत्रलाई "CARE-NP A+" रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई पर्याप्त बलियो संकेत गर्छ।
राष्ट्रिय वाणिज्य बैंकको अधिकृत पूँजी ३० अर्ब रुपैयाँ, जारी पूँजी र चुक्ता पूँजी दुबै १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ।