काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकले गिरावट आयो। साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो।
सोमबारको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाए भने १४१ वटा कम्पनीका लगानीकर्ताले घाटा व्यहोरे। साथै, १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
आजको कारोबारमा नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा शेयर कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो।
यसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए।