साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ४१.६७ अंकले वृद्धि भई २६६३.५४ विन्दुमा पुगेको छ। बुधबार ३९ अंकले उकालो लागेको बजारमा आज थप सुधार देखिएको छ। बजार १.५८ प्रतिशतले बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ, जसअनुसार ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच भएको छ।

बिहीबार २२७ कम्पनीका शेयर मूल्य बढेका छन् भने १६ कम्पनीको मूल्य घटेको छ। कुनै कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन। कुल ३०९ कम्पनीका शेयर ५५ हजार ४४२ पटक किनबेच भएका छन्।

बजारका सबै १३ वटा समूह हरियाली देखिएका छन्। सबैभन्दा बढी वृद्धि ट्रेडिङ समूहमा ५.०५ प्रतिशत रहेको छ, जसले ४२६२.२८ विन्दु छोएको छ। सबैभन्दा कम वृद्धि म्युचुअल फन्ड समूहमा ०.४१ प्रतिशत रहँदै १९.१६ विन्दुमा पुगेको छ।

वाणिज्य बैंक ०.९९ प्रतिशत, विकास बैंक १.१८ प्रतिशत, फाइनान्स १.४५ प्रतिशत, होटल तथा पर्यटन ०.६५ प्रतिशत, हाइड्रोपावर १.२१ प्रतिशत, लगानी २.१६ प्रतिशत, जीवन बीमा १.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशत, लघुवित्त २.२८ प्रतिशत, निर्जीवन बीमा ०.९५ प्रतिशत र अन्य समूह १.६८ प्रतिशतले उकालो लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय