नौ अर्ब कारोबार सहित नेप्सेमा सोमबार हरियाली

साताको दोस्रो कारोबारी दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली देखिएको छ। नेप्से परिसूचक २७.२९ अंकले वृद्धि भई २६५७.१९ बिन्दुमा पुगेको हो। बजार उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार ३२२ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ। त्यसको अघिल्लो दिन आइतबार भने ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार कित्ता सेयर कारोबार भई ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँको कारोबार भएको थियो।

यसदिन मकर जितुमाया हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी, विध्यवासीनी हाइड्रोपावर र मायाखोला हाइड्रोपावरलगायत ८ वटा कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उक्लिएका छन्। कुल १९० कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ५७ कम्पनीका सेयर घटेका छन्। एक कम्पनीको मूल्य स्थिर देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय