काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक आज १८ दशमलव २५ अङ्कले घटेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ९९ अङ्कले घट्दै चार सय ७४ दशमलव २६ मा झरेको छ।
१३ उपसमूहमध्ये जलविद्युत् उपसमूहबाहेक अन्य सबै उपसमूहमा गिरावट आएको छ। कुल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयरको कारोबार रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मा भएको छ।
नेपाल एसबिआई बैंक, पिपल्स पावर, सनराइज ब्ल्यूचिप फण्ड, समृद्धि फाइनान्स कम्पनी, र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले क्रमशः नौ दशमलव ७५, सात दशमलव ८८, सात दशमलव ६७, छ दशमलव १८ र छ दशमलव शून्य एक प्रतिशतले फाइदा कमाएका छन्।
त्यसैगरी, रावा इनर्जी, एनआइबिएल समृद्धि फण्ड–दोस्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले क्रमशः १०, पाँच दशमलव ७३, चार दशमलव ९०, चार दशमलव ५१, र चार दशमलव २१ प्रतिशतले घाटा व्यहोरेकाछन्।