पहिलो दिनमै शेयर बजार ओरालो, ९ अर्बको कारोबार

काठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा नेप्से सूचक ३२.९३ अंकले घटेर २,५९५.९७ विन्दुमा झरेको हो।

कारोबारमा संलग्न २५० कम्पनीमध्ये २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने २३ कम्पनीको मूल्यमा वृद्धि भएको छ। सूचकमा आएको गिरावटसँगै बजार पूँजीकरणमा पनि १.२५ प्रतिशतको कमी आएको छ।

आजको कारोबारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने पियोर इनर्जीका शेयरधनीले सबैभन्दा धेरै घाटा व्यहोर्नु परेको छ। नेप्से सूचक ओरालो लागेसँगै कारोबार भएका सबै समूहको परिसूचक पनि नकारात्मक देखिएको छ।

प्रतिक्रिया