नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घट्यो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको कारोबारमा लगातार दोस्रो दिन पनि घटेको छ। सोमबार नेप्से १५.५४ अङ्कले घटेर २,५९४.१३ विन्दुमा झरेको छ। आज ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर ६४,२७८ पटक खरिदबिक्री भई ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। व्यापार समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन १.३६ प्रतिशत र वित्त समूह १.३२ प्रतिशतले घटेका छन्। बैंकिङ समूह ०.३५, विकास बैंक ०.५८, जलविद्युत् ०.४९, लगानी ०.६०, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४२, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घटेका छन्।

बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ४५ करोड २५ लाख ५१ हजार रुपैयाँको कारोबार गर्दै अग्रस्थानमा रह्यो। यस्तै, माछापुच्छ्रे बैंक प्रमोटर शेयर सबैभन्दा धेरै ८ लाख ४९ हजार ८३३ कित्ता कारोबार भएको छ।

प्रतिक्रिया