धानको क्षतीले आर्थिक वृद्धिमा असर पर्ने


काठमाडौं–धान भित्राउने बेला अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा क्षती भए पछि त्यसको असर मुलुकको अर्थतन्त्रमा पर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिव २७ प्रतिशत छ । त्यसमा प्रमुख हिस्सा धानको रहेको छ । करिव ६ अर्ब रुपैयाँ भन्दा बढीको धानबाली नष्ट भएकाले त्यसको असर अर्थतन्त्रमा पर्ने विज्ञले बताएका छन् ।

मन्त्रालयका अनुसार पाल्पा, गुल्मी, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बांके, बर्दिया, रुकुम पूर्व, प्युठानमा बढी क्षती भएको छ । लुम्बिनी प्रदेशमा मात्र चार अर्ब ५५ करोड ४३ हजार रुपैयाँ मूल्यको धानमा क्षती पुगेको जनाएको छ । लुम्बिनी प्रदेशमा एक लाख ६२ हजार ६ सय ५४ मेट्रिक टन धानमा क्षती पुगेको छ ।

मन्त्रालयका अनुसार बर्दियामा ४८ हजार चार सय ६८ मेट्रिक टन, कपिलवस्तुमा ४० हजार छ सय ४५ मेट्रिक टन, रुपन्देहीमा २४ हजार तीन सय ६१, नवलपरासीमा चार हजार एक सय २८, दाङमा १० हजार सात सय ४५, प्युठानमा चार हजार चार सय ३५ मेट्रिक टन, पाल्पाम ६ सय ७८ मेट्रिक टन धान क्षती भएको छ ।  लुम्बिनीमा ४२ हजार चार सय २७ हेक्टर क्षेत्रफलको धानमा असर पुगेको छ ।

मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशमा कैलाली र कन्चनपुरमा बढी क्षती भएको छ । कैलाली जिल्लामा करिव ५४ प्रतिशत र कंचनपुर जिल्लामा करिव ४२ प्रतिशत धान वालीमा क्षति पुगेको छ । कैलालीमा ७० हजार कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र हुन् । कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । वर्षादले सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत उत्पादनमा कमी आउने बताइएको छ ।

धान काटेर भित्राउने तयारी अवस्थामा आएको वर्षाले क्षती पु¥याएको हो । धेरै किसानले कान काटेर भित्राउने तयारीमा थिए । काटेको धान कतिपय ठाउँमा बगाएको छ । पानीमा तैरिँदा मक्किनेर बिग्रिने भएकाले पनि किसान चिन्तित छन् । पाकेर काट्ने अवस्थामा भएको धानमा पनि क्षती पुगेको छ । प्रदेश नम्बर १मा पनि बाढीले धानबालीमा क्षती पु¥याएको छ । प्रदेश नम्बर २बाट पनि तथ्यांक लिने काम भैरहेको छ ।

प्रतिक्रिया