काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ८ दशमलव ८१ अंकले बढेर २ हजार ६ सय ५१ दशमलव २१ बिन्दुमा पुगेर बजार बन्द भएको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ सय ४७ कम्पनीका १ करोड २ लाख २५ हजार ८ सय ७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन बुधबार ३ सय ४८ कम्पनीका ८७ लाख १ हजार ९ सय ४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ। १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
यस दिन म्युचुअल फन्ड र लगानी समूहका उपसूचकबाहेक बाँकी ११ वटै उपसूचक बढेका छन्। बजारमा अधिकांश समूहका उपसूचकमा सुधार देखिएपछि समग्र नेप्से परिसूचक सकारात्मक बनेको हो।