काठमाडौँ: बुधबार सेयर बजारमा भारी गिरावट आएको
छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा पुगेको छ।नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसका कारण कारोबार रकम पनि घटेको छ।
यस दिन ३२० कम्पनीको १ लाख ३७ हजार पटकको कारोबारमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख कित्ता सेयर किनबेच भएको छ।
३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ।सर्वाधिक बढ्ने कम्पनीहरूमा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त, र इस्टर्न हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सर्वाधिक घट्ने कम्पनीमा सुपर माई हाइड्रोपावर रहेको छ। यस दिन सर्वाधिक कारोबार रकम एनएलजी इन्स्योरेन्सको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।