काठमाडौँ — शेयर बजारमा अपेक्षित चलायमान हुन नसके पछि प्राथमिक शेयरमा भने जनताको उच्च चासो रहेको देखिएको छ । नेपालमा प्राथमिक शेयरबाट पुँजी जुटाउने सजिलो माध्य बनेको बेला केही विकृति पनि देखिएको छ । यद्यपि आइपीओमा लगानीकर्ताको चासो उच्च रहेको पछिल्लो समय सार्वजनिक भएका आइपीओमा परेको आवेदनबाट देखिएको छ ।
पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओ मा मागभन्दा १९।०२ गुणा बढी आवेदन परेको छ। कम्पनीले चैत २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा अत्यधिक चासो देखिएको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार मङ्गलवार साँझसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख ४२ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको सेयर भन्दा १९।०२ गुणा बढी हो।
पियोर इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ हुन्छ। अत्यधिक आवेदन परेपछि अब सेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ।