नेप्सेमा सामान्य सुधार,कारोबार रकम भने स्थिर

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से सूचक ६.९० अंकले उकालो लागेर २८३०.१६ विन्दुमा पुगेको छ, जसको प्रभावले बजार कारोबारमा समेत बृद्धि भएको छ। सोमबारको १२ अर्ब ९१ करोड रुपैयाँको कारोबार तुलनामा मंगलबार १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो।

शेयर बजार दिनभरि उतार-चढावमा रहेको थियो। मंगलबार प्रि-ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको शेयर बजार उच्चतम २८६०.४३ विन्दुसम्म पुगेको थियो, तर कारोबार बन्द हुँदा २८३० विन्दुमा आएर स्थिर भयो। आजको कारोबारमा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर १ लाख ४४ हजार १९७ पटक किनबेच भएको थियो।

मंगलबार १०६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको थियो भने १३३ कम्पनीको शेयर मूल्यमा गिरावट आयो। कुल ३२८ कम्पनीको शेयर कारोबार भयो, जसमा १२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो र थप ४ कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढेको थियो। विभिन्न १३ समूहमध्ये ५ समूहमध्ये निर्जीवन बीमा समूह ४.७८ प्रतिशतले बढेर सबैभन्दा उच्च बृद्धि गरेको हो, भने फाइनान्स समूहमा १.५७ प्रतिशतको कमी देखियो। 

 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय