विकास हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउने

काठमाडौं। लामो समयदेखि धितोपत्र बोर्डमा प्रमुख नहुँदा ३ दर्जन हाराहारीका कम्पनीहरुको प्राथमिक शेयर निष्कासन प्रक्रिया रोकिरहेको बेला यसको सूचिमा नामहरु थपिनेक्रम भने रोकिएको छैन । पुँजी जुटाउनको लागि सबै भन्दा सहज र भरपर्दो माध्यम भनेको प्राथमिक शेयर बजारनै हो । त्यसैले पनि धेरै कम्पनीहरुले यसतर्फ बढि महत्व दिने गरेका छन । 

यसै बीच विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। यस सम्बन्धमा आवश्यक प्रस्तावहरू पारित गर्न कम्पनीले आगामी असोज २२ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकमा, काठमाडौंको नारायणहिटी दरबारको उत्तरढोकास्थित भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरिएको छ।

यस साधारण सभामा आईपीओ निष्कासनको प्रस्ताव स्वीकृत गरी यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सुम्पिने निर्णय हुनेछ। साथै, सभाले प्रबन्धपत्र नियमावली संशोधन, आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय