नेप्सेमा निरन्तर हरियाली,कारोबार रकममा उत्साह कायमै

काठमाडौं - पछिल्ला केही दिन नेप्सेमा निरन्तर हरियाली छाइरहेको छ। नेप्से मात्रै बढेको छैन कारोबार रकमले पनि एक प्रकारको उत्साह कायम गरेको छ। 

बुधबार परिसूचक ६ अङ्कले बढेको छ भने कारोबार रकम ५ अर्ब ८९ करोड माथि पुगेको छ। आजको वृद्धिसँगै समग्र नेप्से २१२१ बिन्दुमा छुन सफल भएको छ।  

कारोबार भएका अधिकांश कम्पनीहरूको सेयर मूल्य बढ्दा चार कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ। आज आज एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै सेयर किनबेच भएको छ। 

यता उपसूचकतर्फ गैर जीवन बीमा र जलविद्युत उपसमूह घटेका छन् भने अन्य उपसूचकहरूमा हरियाली छाएको छ। आज फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै बढेको छ। 

नयाँ बजेट भाषण पछाडि एकोहोरो घर घटेको सेयरबजार त्यसपछि भने बिस्तारै सम्हालिने अवस्थामा रहेको छ। मङ्गलबार मात्रै नेप्से ३३ अङ्कभन्दा धेरैले बढेको थियो भने त्यसदिन कारोबार रकम पनि ५ अर्ब माथि थियो। 

प्रतिक्रिया