नेप्सेमा गिरावटसँगै कारोबार रकम पनि घट्यो

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से बढेर बन्द भए पनि बिहीबार भने सूचक घट्दै बजार बन्द भएको हो। बिहीबार नेप्से १२.८३ अंकले घट्दै २६२०.९२ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले ओरालो लागेको छ।

नेप्सेसँगै यस दिन कुल कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बिहीबार ३३६ स्टकमा ६४ हजार ४०७ पटक भएको कारोबारमार्फत १ करोड १ लाख ५३ हजार कित्ता सेयर किनबेच भई जम्मा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सो कम्पनीको सेयर १३४ रुपैयाँ ६० पैसा बढ्दै १ हजार ४८१ रुपैयाँ १० पैसामा बन्द भएको छ। त्यस्तै एसवाई प्यानल नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी तथा हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। तर ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य भने १० प्रतिशतले घट्दै यस दिन सबैभन्दा धेरै गिरावटमा परेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको करिब २३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँ बराबर र बुटवल पावर कम्पनीको कारोबार १२ करोड रुपैयाँभन्दा बढी रहेको छ।

नेप्सेका १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको सूचक मात्र सामान्य रूपमा बढेको छ। व्यापार उपसमूह सबैभन्दा धेरै १.०९ प्रतिशतले घट्दै दिनभरको सबैभन्दा कमजोर उपसमूह बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय