सेयर बजारमा उत्साह फर्कियो, कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २,७१९.२४ बिन्दुमा पुगेको छ। गत शुक्रबार झण्डै ८० अंकले उकालो लागेको बजारले सोमबार पनि सकारात्मक लय कायम राख्दै २७०० बिन्दुको मनोवैज्ञानिक स्तर पार गरेको हो।

आज ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७ करोड ५९ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।

कारोबारमा म्युचुअल फण्ड समूहबाहेक सबै उपसूचक हरियालीमा रहे। उत्पादन तथा प्रशोधन समूह ३.२१ प्रतिशतले अग्रस्थानमा रहँदा, अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, लगानी १.५५ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत तथा व्यापार समूह १.१४ प्रतिशतले बढेका छन्।

आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

व्यक्तिगत कम्पनीतर्फ एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १४.९७ प्रतिशत, रिज लाइन इनर्जीको १४.६४ प्रतिशत र श्रीसीनगर एग्रिटेक इन्डस्ट्रिजको १०.९५ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय