सेबोनमा ७६ कम्पनीको आईपीओ पाइपलाइन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ अनुमति माग्दै आएका कम्पनीहरूको संख्या तीव्र रूपमा बढेको छ। हालैको विवरणअनुसार ७६ वटा कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि सेबोनमा निवेदन पेस गरेका छन्।

आईपीओका लागि अनुमति माग्ने कम्पनीहरू जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन र प्रशोधन, लगानी, माइक्रो इन्स्योरेन्स र अन्य विभिन्न सेवाक्षेत्रमा रहेका छन्। यसले निकट भविष्यमा पूँजी बजारमा ठूलो संख्यामा नयाँ कम्पनीहरूको प्रवेश हुने देखिएको छ।

सेबोनमा पर्खाइमा रहेका कम्पनीहरूमध्ये जलविद्युत क्षेत्रका मात्र ३७ कम्पनी छन्। विकास बैंक तर्फ सालपा विकास बैंकले करिब १७ लाख २३ हजार कित्ता सेयर सार्वजनिक गर्न अनुमति मागेको छ। होटल तथा पर्यटन क्षेत्रमा होटल फरेष्ट इन, अकामा होटल, वर्णबास म्युजियम होटल र माउन्टेन ग्लोरी होटल गरी चार कम्पनीले निवेदन दिएका छन्।

त्यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रमा जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिलसहित करिब १६ कम्पनीले आईपीओ प्रक्रिया अघि बढाएका छन्। लगानी क्षेत्रमा बरुण इन्भेष्टमेन्ट, शिभम् होल्डिङ, सिड्स इनर्जी र शिभ शंकर इन्भेष्टमेन्ट लगायत चार कम्पनी पर्खाइमा छन्। माइक्रो इन्स्योरेन्स तर्फ प्रोटेक्टिभ माइक्रो लाइफ, स्टार माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी तीन कम्पनीले आईपीओ अनुमति मागेका छन्।

यस्तै अन्य क्षेत्रअन्तर्गत डिस मिडिया, आइएमई लिमिटेड, नेपाल ब्रोडकास्ट, कैलाश हेलिकप्टर, मेडिकेयर हस्पिटल लगायतका कम्पनीले पनि सेबोनमा निवेदन दिएका छन्। सेबोनको अनुमतिपछि यी कम्पनीहरूले प्राथमिक शेयर निष्कासन गरेर पूँजी बजार प्रवेश गर्नेछन्।

क्षेत्र कम्पनी संख्या प्रस्तावित सेयर (कित्ता) प्रस्तावित रकम (करोड रु) प्रमुख कम्पनीहरू
विकास बैंक 1 17,23,880 17.23 सालपा विकास बैंक
होटल एन्ड टुरिजम 4 1,42,10,000 142.10 होटल फरेष्ट इन, अकामा होटल, वर्णबास म्युजियम होटल, माउन्टेन ग्लोरी
हाइड्रोपावर 37 ~17,85,00,000+ 1,826+ सोलु हाइड्रो, युनाइटेड मेवाखोला, मेवा डेभलपर्स, भिजन इनर्जी आदि
इन्भेष्टमेन्ट 4 1,86,00,000 314 बरुण इन्भेष्टमेन्ट, शिभम् होल्डिङ, सिड्स इनर्जी, शिभ शंकर इन्भेष्टमेन्ट
उत्पादन तथा प्रशोधन 16+ ~15,00,00,000+ जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल आदि
माइक्रो लाइफ इन्स्योरेन्स 3 67,50,000 67.50 प्रोटेक्टिभ माइक्रो लाइफ, स्टार माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ
अन्य 10+ डिस मिडिया, आइएमई लिमिटेड, नेपाल ब्रोडकास्ट, कैलाश हेलिकप्टर, मेडिकेयर हस्पिटल आदि

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय