☰

सेयर बजार हरियालीमा, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । अघिल्लो कारोबार दिन १३.९५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार १४.१७ अंकले बढेर २७२६ अंकमा पुगेको छ। दिनभरको कारोबारमा यही स्तर उच्च विन्दुका रूपमा कायम रह्यो।

कारोबारको सुरुवाती समयमा नेप्से २६८९ अंकसम्म झरे पनि त्यसपछि सुधार हुँदै अन्त्यमा हरियालीमा बन्द भएको हो। आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

यद्यपि, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँमा सीमित रह्यो।

क्षेत्रगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढ्यो। त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स तथा निर्जीवन बीमा समूह पनि हरियालीमा रहे। भने अन्य र लगानी समूहका सूचकमा सामान्य गिरावट देखियो।

आज एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भयो। त्यस्तै स्नो रिभर्स, एपोलो हाइड्रोपावर, होटल फरेस्ट इन र सोपान फर्मास्युटिकल्सका सेयरमा पनि उल्लेखनीय वृद्धि देखियो।

यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घट्यो। कम्पनीको संस्थापक, स्थानीय तथा कर्मचारी समूहको १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि समाप्त भएपछि बिक्री दबाब बढ्दा मूल्यमा ठूलो गिरावट आएको हो। साथै बुंगल हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार भएका कम्पनी बने।

प्रतिक्रिया