काठमाडाैं - मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
कुल इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ।
न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन मंसिर २४ गतेसम्म दिन सकिनेछ भने पर्याप्त आवेदन नआए पुस ४ गतेसम्म म्याद थप हुने सम्भावना छ। १० वर्षे अवधिको यो बन्दमुखी योजनामा मेरो शेयर वेब/एप तथा बैंकहरूबाट आवेदन दिन सकिन्छ।