नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, ७ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक वृद्धि हुँदै २९.८२ अंकले उकालो लागेको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेले यस दिन २६९३.१२ विन्दुमा पुगेर कारोबार समाप्त गरेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स ३.९७ अंक, फ्लोट इन्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३९ अंकले वृद्धि भएका छन् ।

यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । बिहीबार ५ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार ३२३ स्टकको ७६ हजार ३५४ पटकको कारोबारमा १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भई ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।

शेयरमूल्य वृद्धिमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि देखियो, जसको शेयर ९.९४ प्रतिशतले उकालो लाग्यो । त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढी बढ्दा कुमारी सबल योजनाको इकाई मूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भयो । तर, प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ५.७९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ६९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । नेपाल पुनर्बीमा कम्पनीको करिब ४८ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३९ करोडभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लाग्दा २ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूह २.१८ प्रतिशतले वृद्धि भएको छ भने वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् । होटल तथा पर्यटन तथा जलविद्युत उपसमूह १ प्रतिशतभन्दा बढीले बढे । व्यापार र म्युचुअल फण्ड उपसमूहमा भने सामान्य गिरावट आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय