नेप्से स्थिर, निराश लगानीकर्ता

काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दिनभर ओरालो लागेको भए पनि कारोबार सकिँदा बजार हरियोमा बन्द भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नयाँ गभर्नरबारे अनिश्चितता कायमै रहँदा बजारमा दबाव देखिएको थियो . 

आज नेप्से परिसूचक ३ अंकले घटेर २६६६.८० विन्दुमा पुगेको छ। कारोबार रकम ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ रहेको छ भने कुल १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर किनबेच भएका छन्।

कारोबारमा ३२१ कम्पनी सहभागी हुँदा ५३ हजार ४९२ पटक कारोबार भयो। तीमध्ये १२१ कम्पनीको शेयर मूल्य बढ्यो भने १२३ को घट्यो। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन।

आज १३ वटा समूहमध्ये ६ समूहले वृद्धि देखाएको छ। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेर ७०५९.५७ विन्दुमा पुग्यो। वाणिज्य बैंक समूह भने ०.०२ प्रतिशतले मात्र बढ्दै १३६४.३३ विन्दुमा सीमित रह्यो।

अन्य बढ्ने समूहमा फाइनान्स ०.९२ प्रतिशत, लघुवित्त ०.१६ प्रतिशत, निर्जीवन बीमा ०.७१ प्रतिशत, ट्रेडिङ ०.९१ प्रतिशत, विकास बैंक ०.३५ प्रतिशत, होटल तथा पर्यटन ०.५४ प्रतिशत, होइड्रोपावर ०.२२ प्रतिशत, लगानी ०.२८ प्रतिशत र जीवन बीमा ०.०८ प्रतिशतले उकालो लागेका छन्।

अर्कोतर्फ, अन्य समूह ०.६१ प्रतिशतले घट्दै २४४६.३२ विन्दुमा झर्‍यो भने म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घट्दै १९.१६ विन्दुमा पुग्यो।

प्रतिक्रिया