शेयर बजारमा हरियाली: लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से ४७।०४ अंकले वृद्धि भएर २,१००।४३ विन्दुमा पुगेको छ। नेप्से सूचक २।२९ प्रतिशतले बढेको हो, जसले गर्दा बजारमा सकारात्मक वातावरण देखिएको छ।

नयाँ सरकार आउने भएपछि एकाएक दुई पटक सर्किट लागेको बजार यहि सरकार एक महिना सम्म रहने खबरसँगै ओरालो लागेको थियो । नयाँ सरकारसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आए शेयर बजारमा सुधार हुने धेरैको विश्वास छ । 

आजको कुल कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ पुगेको छ। उच्च कारोबार रकमले लगानीकर्ताहरूको उत्साह र विश्वासलाई प्रतिबिम्बित गरेको छ।


बैंकिङ, विकास बैंक, वित्तीय संस्था, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, होटल तथा पर्यटन, व्यापार, अन्य, माइक्रोफाइनान्स र बीमा समूहका उपसूचकहरूमा वृद्धि देखिएको छ।

धेरै कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ, जसले गर्दा बजारमा सकारात्मक बनेको हो । विश्लेषकहरूका अनुसार बजारको सुधार राजनीतिक कारण प्रमुख रहेको भनाइ छ । 

प्रतिक्रिया