नेप्से परिसूचक २१ अंकले घट्यो, कारोबार ४ अर्ब नाघ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेको छ। नेप्से परिसूचक ०.७८ प्रतिशतले घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको हो।

कारोबार अवधिभर बजारमा बिक्री चाप बढ्दा नेप्से घटेको हो। मंगलबार कुल ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच भएका छन्।

दिनभर ५२ हजार २७२ पटकको कारोबार हुँदा कुल ४ अर्ब ७ करोड ८५ लाख ३६ हजार १० रुपैयाँबराबरको कारोबार भएको छ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ। ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बजारमा ईसीएलका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर १ हजार ७३१ रुपैयाँ ४० पैसा पुगेको छ। त्यस्तै, खप्तड लघुवित्त (KKHC) को सेयर मूल्य १०.०७ प्रतिशत, जोशी हाइड्रोपावरको ५.२६ प्रतिशत, एच ८०२० को ४.६२ प्रतिशत र चिलिमे हाइड्रोपावरको ४.४४ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा खप्तड लघुवित्त शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ६६ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, एसबीएलको १६ करोड ७७ लाख, एनएचपीसीको १६ करोड ५७ लाख, सीएफसीएलको १४ करोड ९१ लाख र रिडी पावरको १३ करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारले बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको देखाएको छ। कारोबार रकम ४ अर्ब नाघे पनि घट्ने कम्पनीको संख्या उच्च रहेकाले बजारमा बिक्री चाप बढी देखिएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय