सेयर बजारमा निरन्तर गिरावट, सबै समूह नकारात्मक

काठमाडौं । नेप्से परिसूचक बुधबार पनि उच्च अंकले घटेर बन्द भएको छ। आज नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको हो। अघिल्लो दिन मंगलबार परिसूचक ५८.५५ अंकले ओरालो लागेर २६०४.९६ विन्दुमा रोकिएको थियो। मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बुधबार ३३५ कम्पनीका १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। यस दिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किटमा पुगेन।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको करिब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि युनियन हाइड्रोपावरको २४ करोड, सिनर्जी पावर डेभलपमेन्टको २२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड र हिमालयन रिइन्स्योरेन्सको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कुल कारोबारमा आएका कम्पनीमध्ये १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३२ वटाको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो। १३ वटा समूह उपसूचक हरियो हुन नसकी सबै नकारात्मक देखिएका छन्। तीमध्ये होटल्स र फाइनान्स समूहको उपसूचक सर्वाधिक तीन प्रतिशतभन्दा बढीले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय