नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेमा हरियाली, बाराही हाइड्रोपावरको २ अर्बको कारोबार

नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार परिसूचक २७ अंकले उकालो लाग्दै बजार २,६८९ विन्दुमा पुगेर बन्द भयो।

समग्र बजारमा लगानीकर्ताको सहभागिता पनि उल्लेखनीय रह्यो, जसअनुसार ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ नाघेको थियो। सो दिन ६९ हजार ३६४ पटकको कारोबार भएको थियो।

कारोबारको हिसाबले बाराही हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको एकैदिन २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यद्यपि सो कम्पनीको सेयरमूल्य भने ९.६९ प्रतिशतले घटेर २३० रुपैयाँ ४६ पैसामा झर्‍यो।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४२ करोड र राधी विद्युत कम्पनीको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

बजारमा सकारात्मक सर्किट लेभलमा कारोबार गर्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स परेका छन्।

यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य साढे ५ प्रतिशत र सुपर मादी हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय